नियम ३५
तालीमको मूल्याङ्कन
: (१) प्रहरी सेवाको पदमा रहँदा लिएको देहाय बमोजिमका कुनै दुई तालीम वापत देहाय बमोजिम बढीमा सात दशमलव पाँच अङ्क दिइनेछ :
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत तालीम बापत अङ्क प्रदान गर्दा आधारभूत तालीम गरेको पदबाट एक तह माथिको पदमा बढुवा हुन बाहेक अन्य पदमा बढुवाको लागि सो तालीम बापत अङ्क प्रदान गरिने छैन ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीलाई तालीम वापतको अङ्क दिँदा पन्ध्र दिनभन्दा कम अवधिको तालीमका लागि कुनै अङ्क दिइने छैन ।
(४) उपनियम (१) को प्रयोजनको लागि प्रहरी कर्मचारीलाई अनुसूची—१० मा उल्लेख भए बमोजिमका तालीम दिइनेछ ।
(५) श्रेणी नखुलेको तालीम वापत कुनै प्रहरी कर्मचारीको अङ्क गणना गर्दा (ख) श्रेणी बराबरको अङ्क गणना गरिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीले यो नियमावली प्रारम्भ हुनुभन्दा अघि हासिल गरेको तालीमको हकमा समेत उपनियम (१) बमोजिमको अङ्क दिइनेछ ।
(७) ………
(८) प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्दा प्रहरी जवान पदमा गरेको तालीम, प्रहरी हवल्दार पदमा बढुवा गर्दा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदमा गरेको तालीम र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा गर्दा प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदमा गरेको “तालीमको अङ्क गणना गरिनेछ।
(८क) प्रहरी सहायक निरीक्षक पदमा बढुवा गर्दा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दार पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ।
(९) प्रहरी नायब निरीक्षक पदमा बढुवा गर्दा प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीम र प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीमको अङ्ग गणना गरिनेछ।
(९क) प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ।
(१०) प्रहरी नायब उपरीक्षक पदमा बढुवा गर्दा प्रहरी निरीक्षक पदमा गरेको तालीम र प्रहरी उपरीक्षक पदमा बढुवा गर्दा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।
(११) प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायब महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्दा हाल कार्यरत पद र सोभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको तालीम बापतको अङ्क गणना गरिनेछ ।